तनहुँको बन्दीपुरमा जिप दुर्घटना, चार जनाको मृत्यु

तनहुँको बन्दीपुरमा जिप दुर्घटना, चार जनाको मृत्यु


तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटियामा जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। 

घुमाउनेबाट धरमपानी आउँदै गरेको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले पुष्टि गरे। ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो।

मृत्यु हुनेमा धरमपानीका ९ महिने बालिका आरुबी थापा, २४ बर्षीय रोशन गुरुङ, ४२ बर्षीया सुशीलादेवी न्यौपाने र ५३ बर्षीय हरिबहादुर न्यौपाने रहेका छन्। चारै जनाको घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरीले भने १२ जना घाइते भएको जनाएको छ। घाइतेको उद्धार गरेर बन्दीपुर अस्पताल ल्याइएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए। प्रहरीका अनुसार जिपमा करिब १८ जना सवार थिए ।

Logo