सुर्खेतमा कोइला बालेर सुतेका एकैघरका चार जनाको मृत्यु, अनुसन्धान हुँदै

सुर्खेतमा कोइला बालेर सुतेका एकैघरका चार जनाको मृत्यु, अनुसन्धान हुँदै

केन्द्रबिन्दु
0
Shares

सुर्खेतमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निसास्सिएर एकै घरका चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा शिवालय गाउँपालिका-४ जाजरकोट निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट शनिबार घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन्।

शनिबार बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। 

प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन।

Skip This
Skip This
Logo