काठमाडाैं उपत्यकामा शुक्रबारबाट लागू हुने गरि निजी तथा भाडाका सबै सवारी साधन जाेर विजाेर अनुसार संचालन हुने भएका छन् ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यस्ताे सूचना जारी गरेका हुन्। लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्न जारी आदेशमा उल्लेख छ।
सार्वजनिक सेवा लिँदा सबैले अनिवार्य रुपमा खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने पनि आदेशमा उल्लेख छ।

































प्रतिक्रिया