कुन कुन सवारीमा जोरबिजोर लाग्दैन?, यस्ताे छ प्रशासनकाे थप आदेश

कुन कुन सवारीमा जोरबिजोर लाग्दैन?, यस्ताे छ प्रशासनकाे थप आदेश

केन्द्रबिन्दु
0
Shares

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार मध्यरातदेखि यातायातका साधनमा जोरबिजोर लागू हुने निर्णय गरेका छन् । 

सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नेगरी प्रशासनले निर्णय गरेको हो। 

तर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीसाधनसहित, एम्बुलेन्स, दमकल, शवबाहनमा जोरबिजोर लागू नहुने प्रशासनले शुक्रबार जारी गरेको थप आदेशमा उल्लेख गरिएकाे छ।  

यस्तै ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल, तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन । चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर नलाग्ने भएकाे छ। 

यस्तै पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन सञ्चालन गर्न पाइने जनाइएकाे छ। 

Logo