काठमाडौं उपत्यकामा ५ हजार २९९ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना संक्रमित थपिएका हुन् ।
यस्तै गत २४ घण्टाभित्र नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
१८ हजार ६१८ जनाको पिसिआर परीक्षण र ४ हजार ४७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
शुक्रबार निकाे हुनेकाे संख्या ७६६ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ३ रहेकाे छ ।
हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ९६ हजार ५८४ र एन्टिजेन परीक्षणबाट १ लाख १० हजार ७ रहेकाे छ।
हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १९ हजार ५७५ पुगेकाे छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६३५ रहेकाे छ। नेपालमा हाल ६५ हजार ३७४ जना सक्रिय संक्रमित छन्।
१२ दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे। माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११, ३५२ जना संक्रमित थपिएका थिए। माघ ६ गते बिहीबार १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै शुक्रबार १०,७०३ जना थपिएका छन्।





























प्रतिक्रिया