काठमाडौं उपत्यकामा ५,३०६ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ५,३०६ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ५,३०६ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १,११० जना संक्रमित थपिएका हुन् ।

यस्तै गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

१४ हजार ४६२ जनाको पिसिआर परीक्षण र ५ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

शनिबार निकाे हुनेकाे संख्या ७०८ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या १६ रहेकाे छ । 

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ९ लाख ४ हजार ७९६ र एन्टिजेन परीक्षणबाट १ लाख १२ हजार ४९ रहेकाे छ। 

हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख २० हजार २८३ पुगेकाे छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६५१ रहेकाे छ। नेपालमा हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित छन्। 

१३ दिनमा कति थपिए?

पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।

माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए। माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै शुक्रबार १०,७०३ जना थपिएका थिए । शनिबार थपिनेकाे संख्या १०,२५४ रहेकाे छ।

Skip This
Skip This
Logo