सहिद सप्ताहको आज दोस्रो दिन

सहिद सप्ताहको आज दोस्रो दिन

केन्द्रबिन्दु
0
Shares

सहिद सप्ताहअन्तर्गत आज मंगलबार दोस्रो दिन सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

१०४ वर्षीय जहानियाँ राणा शासनविरुद्ध आवाज उठाउँदा १३ माघ  १९९७ मा धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकले सिफलमा फाँसी दिएको थियो ।

९ असोज  १९६६ काठमाडौँको ओमबहालमा जन्मिएका माथेमा जेठ १९९३ मा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील थिए ।

हरेक वर्ष १० माघबाट सहिद सप्ताह मनाउने गरिन्छ । यस वर्ष पनि सोमबारबाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहुति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदानको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ । 

२०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म सहिद सप्ताह मनाउने गरिएको छ । 

१३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएको थियो । १६ माघलाई सहिद दिवसको रूपमा मनाउने गरिएको छ । 

Skip This
Skip This
Logo