आजकाे माैसम : वर्षाकाे सम्भावना, हिमपात पनि हुने

आजकाे माैसम : वर्षाकाे सम्भावना, हिमपात पनि हुने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव छ। बिहान पहाडी भूभागमा आंशिक बदली र तराईमा हुस्सु छ।

दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन छ।

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ।

Logo