सशस्त्र प्रहरीद्वारा महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

सशस्त्र प्रहरीद्वारा महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १६० किलाेग्राम गाजा बरामद गरेको छ।

सशस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको टाेलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो।

सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १६० गाजा फेला परेको हो । 

परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ। बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए।

Skip This
Skip This
Logo