काठमाडौं उपत्यकामा २,९४० संक्रमित थपिए

काठमाडौं उपत्यकामा २,९४० संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो।

यता पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार  पछिल्लो २४ घण्टामा १९ हजार ८६९ वटा नमुना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १३ हजार ७९१ जनामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २० जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ८९ हजार ९४१ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ।

Logo