दार्चुलास्थित महाकाली नदीमा पुल बनाउनेबारे नेपाल र भारतबीच सम्झौता

दार्चुलास्थित महाकाली नदीमा पुल बनाउनेबारे नेपाल र भारतबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतलाई जोड्न दार्चुलास्थित महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौंस्थित भारतीय रातदूतावासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हाे। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राबीच पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। भारतले अनुदानमा बनाउन लागेको पुल निर्माणको जिम्मा भारतीय पक्षको हो। 

सचिव श्रेष्ठका अनुसार नेपालले जग्गा उपलब्ध गराउने, रुख काट्नु पर्ने भए त्यसको व्यवस्थापन मिलाउने लगायतका काम मात्र गर्नुपर्नेछ।

भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिट्टै काम सुरू हुने जानकारी दिएको उनले बताए । केही साता अघि बसेको भारतीय मन्त्रिपरिषद् बैठकले पुल बनाउने निर्णय गरेको थियो।

भारतीय राजदूतावासले पुल निर्माणको कार्य चाँडै सुरु हुने विज्ञप्तिमा जनाएको छ।

Logo