काठमाडौँ महानगरमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

काठमाडौँ महानगरमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। 

जिल्ला खोप समन्वय समिति काठमाडौँको माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो। कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि  ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। 

यसरी खोप लगाउनका लागि कामपाका ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। सूचना अनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्नेछ। 

खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ। कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाइरहेको छ। माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहिले क्रमिकरुपमा घटिरहेको छ। 

Skip This
Skip This
Logo