आजको माैसम : देशभर आंशिकदेखि सामान्य बदली रहने

आजको माैसम : देशभर आंशिकदेखि सामान्य बदली रहने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। प्रदेश १ का पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना देखिन्छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ। मंगलबार राति पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

Logo