काठमाडौं उपत्यकामा ३२९ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडौंमा २३५, भक्तपुरमा ३० र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८८० वटा नमुना परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार ८ हजार ८८० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १३ जनामा र ३ हजार जनामा एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको २९ हजार ४ रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार २३८ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।





























प्रतिक्रिया