चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणका लागि ९ वटा दमकल प्रयाेग

चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणका लागि ९ वटा दमकल प्रयाेग

केन्द्रबिन्दु
0
Shares

झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ। चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापा र मोरङका ९ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। 

बाँकी दुईवटा दमकल आइरहेको उनले बताए। निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उनले जानकारी दिए।

Logo