सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईँलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।
१ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईँलाई सात दिनभित्र सफाइ पेश गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।
सात दिनभित्र चित्तबुझ्दो जवाफ पेस नगरे बजगाईँलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ। बजगाईँलाई स्पष्टिकरण पेश गर्न गत वर्ष नै निर्देशन दिइएको थियो । तर, उनले जवाफ नै दिएनन्, बरु कार्यालय नै जान छाडे।
त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टिकरण माग गरिएको थियो। उनले लामाे समयसम्म जवाफ पेश नगरेपछि सरकारले कारबाहीकाे प्रक्रिया अगाडि बढाएकाे हाे।





























प्रतिक्रिया