नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदहरूले बताएका छन्। आज (शुक्रबार) बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश-१ को उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली र मध्यम वर्षाको सम्भावना रहेको छ।
राति सुदूरपश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश-१ उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ।
दिउँसो र राति नै देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ।





























प्रतिक्रिया