मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

दाङको बेल्झुन्डीमा मोटरसाइकलसँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ। 

आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन्। घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ।

आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। घटनाबारे थप विवरण आउँदैछ। 

Logo