‘आरक्षण होइन समान अधिकार चाहियो’ (भिडियाेसहित)

‘आरक्षण होइन समान अधिकार चाहियो’ (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस। संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ देखि संसारभर महिलाको हक अधिकार सुनिश्चित गर्ने उद्धेश्यसहित दिवस मनाउन थालिएको हो । महिलामा जागरण ल्याउने र महिलालाई  पिछडिएको महसुस नहोस् भनेर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको हो। 

सुरुवाती चरणमा नारी दिवस मनाउने निश्चित दिन तोकिएको थिएन । तर १९१४ देखि हरेक वर्ष अंग्रेजी महिनाको मार्च ८ मा यो दिवस मनाउन थालिएको हो । 

नेपालमा भने २०१६ साल अर्थात् सन् १९५९ मा तत्कालीन प्रधानमन्त्री विपी कोइरालाको पालादेखि नियमितरुपमा यो दिवस मनाउन थालिएको छ। 

यस दिन महिला अधिकार, जागरुकता, महिला सशक्तिकरण, लैङ्गिक हिंसा र लैङ्गिक समानताका आवाज बुलन्द पार्ने गरिन्छ । 

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिस्चितता भन्ने नाराका साथ मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरियो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको सो कार्यक्रममा देउवा सरकारमा रहेका सबै महिला मन्त्रीहरुको उपस्थिति थियो । कार्यक्रमको चाँजोपाँजो भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गरेको थियो । 

हामीले सोही कार्यक्रममा उपस्थित केही महिलासँग नारी दिवसबारे प्रतिक्रिया लिएका छौं। 

प्रस्तुत छ उनीहरुको भनाइ जस्ताको त्यस्तैः

 

Logo