‘महिला नभएमा पुरुषको जीवन सार्थक हुँदैन’

‘महिला नभएमा पुरुषको जीवन सार्थक हुँदैन’

केन्द्रबिन्दु
0
Shares

‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा ११२औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको छ।

कृष्णनगर नगरपालिकाको आयोजना र माइती नेपाल, इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति पुर्नस्थापना गृह,साना हातहरू ,सुआहारा, लगायत संघ संस्थाको सहकार्यमा संचालन भएको थियो।

कृष्णनगर नगरपालिकाकी उपप्रमुख शबनम खातुनले कार्यक्रमको अध्यक्षता गरेका थिइन। अतिथीहरुमा कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेल, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा‍ अब्दुल गनि अल्कूफी,कृष्णानगर नपा वडा नं २ वडाध्यक्ष संजय गुप्ता, शिक्षा शाखा प्रमुख बलराम पन्थी
रहेका थिए।

कार्यक्रममा बोल्दै कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेलले महिलाहरु हक अधिकार बाट नगर्ने आग्रह गरिन । महिलाका समस्याहरु जरा देखि नै समाधान गर्नु पर्नेमा उनको जोड थियो । 

लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले आमाको खुट्टा मुनि स्वर्ग रहेको बताउदै महिला भएमा मात्र पुरुषको जीवन सार्थक हुने बताए । 

कार्यक्रममा बोल्दै उपप्रमुख शबनम खातुनले महिला अधिकारका लागि आफुहरु सधै लड़ने बताइन महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने कुरामा उनको जोड थियो । 

Logo