म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी नभएको नेपाल प्रहरीद्वारा स्पष्ट

म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी नभएको नेपाल प्रहरीद्वारा स्पष्ट

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरि आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना ननिकालेको स्पष्ट पारेको छ।

‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकाले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ। 

आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ। 

Skip This
Skip This
Logo