हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा न्युन चापीय प्रणाली रहेको छ। दिउँसो नेपालका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ ।
पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ। मंगलबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चटयाङसहित हल्का वर्षाको सम्भावना छ।





























प्रतिक्रिया