गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न स्वीकृति दिने स्वास्थ्य मन्त्रालयकाे तयारी

गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न स्वीकृति दिने स्वास्थ्य मन्त्रालयकाे तयारी

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न स्वीकृति दिने तयारी गरेको छ। लामो समयदेखि यस विषयमा संसद् र संसद् बाहिर वकालत गर्दै आएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निर्देशनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। 

स्वास्थ्य मन्त्रालय स्तरिय विकास समस्या समाधान समितिको बैठकले राष्ट्रिय विकास समस्या समाधानमा यो एजेन्डा अघि बढाउने निर्णय गरेको हो। समितिको बैठकको निर्णयमा गाँजाको नमुना सङ्कलन गर्न कानुनी बाधा परेको भन्दै औषधीय प्रयोगका लागि अनुसन्धान गर्न कानुनी व्यवस्था तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए।

मन्त्री खतिवडाद्वारा प्रमाणित निर्णयमा भनिएको छ, “गाँजाको औषधीय गुण तथा विषाक्तताको अनुसन्धान कार्यको लागि नमुना सङ्कलन गर्न कानुनी बाधा परेको औषधीय प्रयोगका लागि अनुसन्धान गर्न कानुनी व्यवस्था तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिनेछ।” गाँजा खुला गर्ने विषयमा संसदमा विधेयक प्रस्तुत गर्नका लागि मस्यौदा तयार भइसकेको छ।

Skip This
Skip This
Logo