नेपाली सेनाले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको सुचना आजको गोरखापत्रमा निकालेको हो ।
लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार–चार जना माग गरिएको छ । पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सेनाले जनाएको छ । दरखास्तका लागी १३ वैशाखसम्म समय दिइएको छ ।





























प्रतिक्रिया