बहुबिवाह मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

बहुबिवाह मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

केन्द्रबिन्दु
0
Shares

बहुबिवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने हल्दीबारी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन् । 

पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाले २०६८ बैशाख १४ बहुबिबाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना फैसला सुनाएको थियो । 

अदालतले गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । उनीहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ ।

Logo