कालोपत्रे गर्नुपर्ने माग गर्दै मुड्खु-ककनी सडकखण्ड स्थानियले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् । स्थानियको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, बल्खु पुलबाट सुन्दरीघाटजाने सडकमा ग्याभ्रलिङको काम भइरहेका कारण उक्त स्थानमा संचालन हुने सवारी साधन प्रभावित भएका छन् ।ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने आउने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल-सानागाउँ-ईमाडोल-ग्वार्को हुँदै संचालन गरिएको छ । उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो ।





























प्रतिक्रिया