चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका-९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको भरतपुर महानगरपालिका-२३ स्थित निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणमा परी ज्यान गएको हो ।
आफन्तको घरमा बस्दै आएका विकलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।































प्रतिक्रिया