डाक्टर मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन गर्न प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापन

डाक्टर मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन गर्न प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापन

केन्द्रबिन्दु
0
Shares

सप्तरीको विष्णुपुर गाउँपालिका (खुरुहुरिया) यदुनन्दन यादवका छोरा डा विजय यादवको हत्या घटनाको छानबिन गरि दोषीलाई तत्काल कारबाहीको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। 

मंगलबार सप्तरीबासीले गौतममार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। अर्थोपेडिक ३१ वर्षिय डा. यादव बिराटनगर स्थित नोबेल अस्पतालमा ३ वर्षदेखि कार्यरत थिए ।

हाडजोर्नीमा गुणस्तरीय स्टिल प्रयोग गर्नुपर्ने बिषयमा अस्पतालभित्रैका केही डा.सँग विवाद रहेको आपसी रिसिवीको कारण हत्या गरिएको हुन सक्ने आशंका रहेकाले जाँच गर्न ज्ञापनपत्रमा माग गरिएको छ । 

घटनाको उच्चस्तरीय छानबिन गरि दोषीलाई कडाभन्दा कडा कार्वाही नगरे सप्तरीवासी चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा बताइएको छ।

अस्पतालको छेउमै डेरा गरि बस्दै आएका यादवको चैत १८ गते राति हत्या गरेर बस्दै आएको डेराको गेटमा शव राखिएको अवस्थामा शनिबार बिहान भेटिएको थियो।

शवको नाक र मुखबाट रगत बगेको, शरीरमा चोटपटक लागेको, एउटा खुट्टामा चप्पल लगाएको, अर्को खाली खुट्टा रहेको थियो । शव नजिकै लाईटर र महिलाले लगाउने चप्पल भेटिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमानसमेत गरेको थियो ।

Logo