अमेरिकी सहायता नियोग युएसएआइडी र अमेरिकी रक्षा मन्त्रालयले नेपालका सुरक्षा निकायलाई विभिन्न उपकरणहरु उपलब्ध गराएको छ । सुरक्षा अंगलाई आपतकालीन प्रतिकार्य एवं आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक उपकरण उपलव्ध गराइएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण नेपाल रेडक्रम सोसाइटीलाई पनि हस्तान्तरण गरिएको छ । प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाका अनुसार १६ प्रकारका तालिम उपकरण हस्तान्तरण गरिएको हो ।

कार्यकारी प्रमुख पोखरेलले पछिल्ला बर्षमा नयाँ खालका विपद्का साथै पुराना विपद्का आयतन पनि विस्तार हुँदै गएको उल्लेख गर्दै यी उपकरण विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने तालिम संचालन गर्न सहयोगी हुने बताए ।

गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले विपद् जोखिम व्यवस्थापनमा काम गर्ने निकाय र सहयोग गर्ने निकायबीच प्राधिकरणले पुलको काम गरिरहेको उल्लेख गर्दै प्राधिकरण गठनको औचित्य प्रमाणित हुँदै गएको बताए ।
युएसएडका वातावरणसम्बन्धी उपनिर्देशक डेभिड म्यानले नेपालमा विपद् जोखिम न्यनूीकरणका लागि युएसएडले सहयोग गरिरहेको जानकारी दिँदै विपद्का घटना भइहाले त्यसको प्रतिकार्य गर्न तालिम आवश्यक पर्ने भएकोले यी उपकरण सहयोग गरेको बताए ।





























प्रतिक्रिया