ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ

ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ

केन्द्रबिन्दु
0
Shares

अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्रिस भाग्ने तयारीमा थिए । पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।

Skip This
Skip This
Logo