गण्डकीमा बिहानै वर्षा, नेपालमा दुई वायुको प्रभाव

गण्डकीमा बिहानै वर्षा, नेपालमा दुई वायुको प्रभाव

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । 

दिउँसो प्रदेश १ को पहाडी  भूभागका केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग र मधेस प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने ठानिएको छ ।

Skip This
Skip This
Logo