सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ

सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ

केन्द्रबिन्दु
0
Shares

शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आइतबार एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।     

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामी रहेका छन्। पक्राउ परेका धामीबाट प्रहरीले से४प ९५११ नंको पल्सर मोटरसाइलसमेत बरामद गरेको छ। 

मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शङ्का लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ। पक्राउ परेका धामीमाथि प्रहरीले कानूनबमोजिम थप अनुसन्धानको कार्य भइरहेको जनाएको छ।

Skip This
Skip This
Logo