काठसहित चार पक्राउ

काठसहित चार पक्राउ

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ सहित ४ जनालाई पक्राउ गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट खटिएको प्रहरी टोलीले सो काठ बरामद गरेको हो ।

काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार पञ्चपुरी नगरपालिका-८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता  र सोही नगरपालिाका-६ निवासी ३५ वर्षीय कुलवीर विक रहेका छन् । गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे१ख १२४२ नंको मिनीट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैधरूपमा काठ लैजाँदै गरेको अवस्थामा काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
 

Logo