काठमाडौं उपत्यकाको फोहोर ११ दिनदेखी सडकमा थुप्रिएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु-तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहोर व्यवस्थापन लागि सिसडोल जान रोकेपछि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन । १० दिनपछि फोहोर व्यवस्थापन हुन थाले पनि यसअघि थुप्रिएको सबै फोहोरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्याउन अझै केही दिन लाग्ने भएको छ।
सोमबारदेखि फोहोरको गाडी सिसडोल जान थालेक छन् । तर १० दिनदेखी रोकिएको फोहोर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीय र ठेकेदार कम्पनीबीच सडक मर्मतको काम तत्काल गर्ने सहमति भएपछि सोमबारदेखि फोहोर लान थालिएको हो । गत फागुनमा पनि स्थानीयको अवरोधका कारण १९ दिन फोहोर सडकमै रहेको थियो । गत फागुन १ देखि पनि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फागुन अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए भने गत १८ चैतमा फेरि अवरोध भएको हो ।





























प्रतिक्रिया