बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छविसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारस्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको हो ।
भीरबाट खसेको ढुंगाले जिपलाई लाग्दा दुर्घटना भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए । बुधबार बिहान छविसपाथिभेराको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप ४०० मिटर तल सेतीनदीमा खसेको प्रहरीले जनाएको छ ।
जिपमा चालक मात्र रहेका थिए। जिप चालक सार्की छविसपाथिभेरा-३ बामनडाँडाका रहो विष्टले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भैरहेको डिएसपी विष्टले बताए ।





























प्रतिक्रिया