दक्षिण ललितपुरको प्युटार जंगलमा भिषण आगलागी, आगाे बस्तीतिर सर्दै

दक्षिण ललितपुरको प्युटार जंगलमा भिषण आगलागी, आगाे बस्तीतिर सर्दै

केन्द्रबिन्दु
0
Shares

दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ। आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन्। 

शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन। प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ। उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ। चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौं।’  निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए । 

आगो फैलदा खैरेनी, प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ। खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन। 

Logo