इण्डो-नेपाल बैठक : निर्वाचनमा ४८ घण्टा नाका सिल गर्न सहमति

इण्डो-नेपाल बैठक : निर्वाचनमा ४८ घण्टा नाका सिल गर्न सहमति

केन्द्रबिन्दु
0
Shares

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीय इण्डो-नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ ।

निर्वाचन केन्द्रीय शान्ति सुरक्षा एवं निर्वाचनको मितिभन्दा ४८ घण्टा पहिले कञ्चनपुरसित जोडिएका भारतीय नाका बन्द गर्ने विषयमा बैठकमा आपसी समझदारी बनेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बैठकमा स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा छलफल भएको जानकारी दिए।

अस्पताल र किरियापुत्रीलगायत विशेष कामलाई भने नाकामा आवागमन सहज गर्ने भनिएको छ । त्यसैगरी प्रजिअ पाण्डेका अनुसार नेपाल–भारत सीमा अतिक्रमणका विषयमा समेत बैठकमा छलफल भएको छ । सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान गरेर अघि बढ्ने विषयमा सहमत भएको प्रजिअ पाण्डेको भनाइ छ ।

यसैगरी बैठक सकिएपछि पत्रकारसँग प्रतिक्रिया दिँदै भारतको कुमाउका डिआइजी निलेश आनन्द भरणेले नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रको शान्ति सुरक्षामा आफूहरु सहयोग गर्ने बताए । 

बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, कञ्चनपुरका सुरक्षा निकायका प्रमुख, भन्सार तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै भारतीय पक्षबाट चम्पावतका डीएम विनित तोेमर, पीलीभितका डीएम पुलकित खरे, उद्यामसिंह नगरका डीएम युगल किशोर पन्तलगायतको सहभागिता  थियो ।

Logo