पूर्वराज्यमन्त्री डिम्पलको निधन

पूर्वराज्यमन्त्री डिम्पलको निधन

केन्द्रबिन्दु
0
Shares

पूर्वराज्यमन्त्री एवं लाेकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

झाको उपचारका क्रममा शनिबार राति काठमाडाैंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् । डिम्पल पछिल्लाे दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् । 

पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल  लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् । 

'लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाका धर्मपत्नी डिम्पल झाको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,' नेता सुरेन्द्रले भनेका छन् ।

Skip This
Skip This
Logo