सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। जेठ १ गतेबाट सरकारी कार्यालयहरु शनिबार र आइतबार दुई दिन बिदा हुने भएका हुन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षणका रुपमा जेठ १ गतेबाट साताको दुई दिन बिदा दिने निर्णय भएको बताए । सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ।
इन्धन खपत घटाउन भन्दै सरोकारवालाले लामो समयदेखि सातामा दुई दिन बिदा दिन र सवारी संचालनमा जोरविजोर प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले भने, “अहिलेलाई यो निर्णय परीक्षणको रुपमा लागू हुनेछ । २०७९ जेठ १ देखि लागू हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ।”































प्रतिक्रिया