वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो। त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ। 

विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो। यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। 

Skip This
Skip This
Logo