चितवनमा नरभक्षी बाघ नियन्त्रणमा लिइयो

चितवनमा नरभक्षी बाघ नियन्त्रणमा लिइयो

केन्द्रबिन्दु
0
Shares

चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको टोलीले उक्त भाले बाघलाई मंगलबार बिहान नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चायले जानकारी दिए । चितवनमा पटक पटक बाघले आक्रमण गरेर मानिसको ज्यान लिने गरेको थियो ।

गत आइतबार मात्रै बिहान सो बाघको आक्रमणबाट खैरहनी १३ वैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको थियो । बाघले थप क्षति नपुर्‍याओस् भनेर स्थानीयको माग बमोजिम नियन्त्रणमा लिइएको आर्चायले बताए ।

बाघ नियन्त्रणका लागि दुई दिनदेखि प्रयास थालिएको थियो । बाघलाई अहिले खोरमा राखिएको छ । ‘बाघको बानी व्यवहार हेरर एकदुई दिनमा निकुञ्जको कोर एरियामा ठाउँ परिवर्तन गरेर छाडिने जनाइएको छ ।

Logo