ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु

ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लिखु गाउँपालिका-८ टारकेराबारी बस्ने ४४ वर्षीय देव बहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ । 

देव बहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघ बहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानी सगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए । 

उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो । 

उपचारको क्रममा देव बहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ । 

Logo