उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलका नगरपालिका-४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन्।
मगरले ती किशोरीलाई सोही नगरपालिका-४ स्थित बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।































प्रतिक्रिया