सुख्खा पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक सुचारु

सुख्खा पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक सुचारु

केन्द्रबिन्दु
0
Shares

सुख्खा पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक सुचारु भएको छ। शनिबार साँझ चितवनको ईच्छाकामना गाउँपालिका ६ तोपेखोलामा खसेको पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक सुचारु भएको हो।

शनिबार साँझ पौने आठ बजे अवरुद्ध बनेको बाटो आइतबार बिहान साढे पाँच बजे सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सुरुमा सवा चार बजे बाटो सुचारु भएको थियो ।

त्यसपछि फेरि आज बिहान सवा पाँच बजे पहिरोको सानो ढिस्को खसेको थियो । सो पहिरो पन्छाएपछि बाटो सुचारु भएको हो।

Skip This
Skip This
Logo