उम्मेदवारमाथि खुकुरी प्रहार

उम्मेदवारमाथि खुकुरी प्रहार

केन्द्रबिन्दु
0
Shares

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । 

षडानन्द नगरपालिका-१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । 

Logo