देशका विभिन्न ठाउँमा तीन जना मृत अवस्थामा फेला

देशका विभिन्न ठाउँमा तीन जना मृत अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

रामेछाप, ओखलढुंगा र कैलालीमा तीन जना मृत अवस्थामा फेला परेका छन्। रामेछापको मन्थली नगरपालिका–११ गेलु धुसेनिस्थित तामाकोशी नदी किनारमा हाल पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन्। 

ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित जयराम घाट दुधकोशी नदीको किनारमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ६७ वर्षीय सन्ते माझी बुधबार मृत अवस्थामा फेला परेका छन्। 

वैशाख ३१ गते माछा मार्ने गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र भारत पलिया घर बताउने हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Logo