कैलालिको गौरीगंगा नगरपालिका-३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका-१ बस्ने ३० वर्षीया सबिता कँडेल रहेकी छन् । घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको छ ।
आज विहान ७ बजे कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले सुदुर पश्चिम प्रदेश ०१-००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।





























प्रतिक्रिया