यौन हिंसाको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत लगिएको छ । सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि काठमाडौंं जिल्ला अदालत लगिएको छ ।
एक युवतीले सात वर्षअघि आफूमाथि बलात्कार भएको बताउँदै सामाजिक सञ्जालमार्फत् आरोपितमाथि छानबिनको माग गरेको सन्दर्भमा अधिकारकर्मी, कानुनकर्मी र सर्वसाधारणहरूले यस विषयमा आवाज उठाइरहेका छन्।
सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन-०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । यसअघि पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित भएको छ । बयान प्रमाणित भएसँगै आरोपीलाई सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंंले अदालत लगेको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-२ पिपरा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए ।





























प्रतिक्रिया