विदेशबाट उद्धार गरी ल्याएका नेपाली नागरिकलाई ठगियो– यातायात व्यवसायी

विदेशबाट उद्धार गरी ल्याएका नेपाली नागरिकलाई ठगियो– यातायात व्यवसायी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङ सेन्टरबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले अमुख व्यक्तिहरुले सेटिङमा यात्रुलाई ओसार्ने काम गरिरहेको आरोप लगाए । साथै व्यवसायीले सहज र सुलभ दरमा यात्रुलाई बोक्छौँ भनेर पटक पटक गरेको आग्रहको बेवास्ता गर्दै सरोकारवाला निकायले नै यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्ने काम गरेको उनको दाबी छ ।

त्यस्तै आफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने रिजालले बताए । संक्रमण भए÷नभएको एकिन गरी होल्डिङ सेन्टरबाट गन्तव्यमा पु¥याउने गरी वैज्ञानिक व्यवस्थापन हुनुपर्ने महासंघको माग छ । वास्तविक व्यवसायीहरुलाई वैज्ञानिक तरिकाले गाडी शुल्क पाउनुपर्ने र यात्रुलाई ठगीनबाट रोक्नुपर्ने उनको भनाइ छ । यसैबीच नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पु¥याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ । सोही मागसहित ज्ञापनपत्र बुझाउन संगठनका पदाधिकारी गएपनि होल्डिङ सेन्टरबाट ज्ञापनपत्र नबुझेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए ।

Skip This
Skip This
Logo