यौन हिंसाको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई मुद्दा दर्ता

यौन हिंसाको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

यौन हिंसाको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा मुद्दा दर्ता भएका छन् । पाण्डेमाथि मानवबेचविखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए । 

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । यो घटना सार्वजनिक भएपछि अर्की एक किशोरीले पनि पाण्डेले आफुमाथि पनि बलात्कार प्रयास गरेको भन्दै जाहेरी प्रहरीमा दिएकी छन् । 

पक्राउ परेका पाण्डेमाथि ८ वर्ष अघिको घटनामाथि जाहेरी दिने १ वर्षे हदम्यादका कारण प्रहरीले मानव बेचविखनविरुद्ध मुद्दा दर्ता गरेको र अर्की किहोरीको जाहेरीको आधारमा यौन दुर्व्ववहारको मुद्दा चलाएको महानगरिय प्रहरी परिसर प्रमुख गिरीले बताए । उमेरले नाबालिग भएकाले उनको केसमा हदम्याद आकर्षित नहुने उनको भनाई छ । आरोपी पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको पनि गिरीले बताए ।
 

Skip This
Skip This
Logo